‘फर्क प्रदेशी, बनाउ नेपाल’ (भिडियोसहित)

Final thum.still017 585x300

काठमाडौं । केही दिनदेखि सामाजिक संजाल र संचारमाध्यममा छाएका कैलालीका बखत विष्ट र प्रतिभा चौधरीले अभियन गरेको गीत बजारमा आएको छ ।

भाईरल जोडी बखत र प्रतिभाको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरीले स्वर दिएका छन् । गीतमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ ।

गायक कर्णराज गिरीले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ नेपाल’ मा आफ्नौ आवाज दिन पाउँदा धेरै खुसी लागेको बताए । उनले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान पनि गरेका छन् ।

रचनाकार बखतले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बताए । नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उनको बुझाई छ । आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उनको भनाइ छ ।

पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन् । उनिहरु अहिले काठमाण्डौमा बसेर संघर्ष गरीरहेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...