यो वर्ष चाँडै जाडो सुरु

Jado

काठमाडौं । यसपटक छिट्टै जाडो सुरु भएको छ । जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अघिल्ला वर्षहरुमा मंसिरदेखि मात्र चिसो बढ्ने गरे पनि यसपालि एक महिना अघि नै देशभर चिसो बढेको जनाएको छ । अहिले हिमाली जिल्लामा हिमपात हुन थालिसकेको छ ।

यसले गर्दा बिहान र बेलुकी चिसो हावासमेत चल्न थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ७ डिग्री सेल्सियस छ । यो यो वर्षकै कम तापक्रम हो ।

यस्तै तिहारको तीन दिन देशभरको मौसम घमाइलो हुने मौसमविद्ले अनुमान गरेका छन् । आज, भोलि र पर्सी देशभरकै मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

तर तीन दिनपछि भने पूर्वी पहाडी क्षेत्रका मौसम आंशिक बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...