राप्रपा एकता अन्तिम चरणमा, आज थापा र राणाले गरे एकताबारे छलफल

Kamal thapa

काठमाडौ । पटक पटक  वार्ता हुँदा पनि मिल्न नसकेका तीन वटा राप्रपा एकताको प्रयास अन्तिम चरणमा पुगेको छ ।

गत साउनसम्म तीन टुक्रा बनेको राप्रपा फेरि एक हुने प्रयासमा छन् । तर सैद्धान्तिक भन्दा पनि ब्यक्तिगत टकरावका कारण एक हुन सकेका छैनन् ।

पार्टी एकताको चर्चा चले पनि नेताहरुकै कारण एकता भाडिने गरेको छ । केहि समयअघि मात्र राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले राजसस्था र हिन्दु धर्मबारे बिबादास्पद अभिव्यक्ति दिएपछि राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकसङ्गको वार्ता प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।

त्यसयता वार्ता प्रक्रिया रोकिएको थियो । अहिले फेरि तिहारपछी एकता गर्नेगरी वार्ता चल्न थालेको छ ।

यसैक्रममा आज राप्रपा अध्यक्ष थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच भेटवार्ता भएको छ ।

लामो समयदेखि अबरुद्ध रहेको वार्ता सो भेटपछि फेरि सुचारु भएको छ । आज भएको सो भेटमा देशमा प्रजातान्त्रिक शक्तिको आबस्यक रहेकाले पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति भएको राप्रपाका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...