सरकारले सामाजिक सुरक्षा भत्ता बढाउँछः प्रचण्ड

Prachanda md 19 c

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकका खाल्डाखुल्डी पुर्नेदेखि सुकुम्वासी समस्याको समाधान र सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेतर्फ सरकार अघि बढेको जानकारी दिए ।

नेकपा मोरङद्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भने, “राजनीतिक नेतृत्वले सङ्घीयताको मर्म कर्मचारी संयन्त्रलाई बुझाउन नसकेकाले कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । ”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले मन्त्रीहरुले पनि कर्मचारीलाई परिवर्तनको मर्म बुझाउनेभन्दा उनीहरुबाटै प्रशिक्षित भएर यथास्थितिमा रमाउने खतरा देखिएकाले यसप्रति सचेत हुन आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको नयाँ ऐन बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिए ।

सरकारले दीर्घकालीन महत्वका कामहरुलाई जोड दिँदा तात्कालिक काम ओझेलमा परेको स्वीकार गर्दै उनले अब सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्ने विश्वास व्यक्त गरे।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...