नागरिक दैनिकको गाडी कपिलवस्तुमा दुर्घटना, दुई जना घाइते

Accident jpg

कपिलवस्तु । नागरिक दैनिकको गाडी कपिलवस्तुमा दुर्घटना भएको छ ।

नागरिक पत्रिका बोकेको बा ४ च ३०९९ नम्बरको बोलेरो जिप सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–३, खैरेन्द्रपुरनजिक बिजुलीको पोलमा ठोक्किएर सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा परी गाडीमा रहेका पाँच जनामध्ये दुई जना सामान्य घाइते भएका छन् ।

घाइते भएका उदयपुर घर बताउने वर्ष ३४ का रामबहादुर राना र दाङको राप्ती गाउँपालिका–१ का ३८ वर्षीय मीना भुसाललाई उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

पूर्वतर्फ जाँदै गरेको उक्त बोलेरो अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । गाडीको ठक्करबाट बिजुलीको पोलसमेत भाँचिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...