सर्लाहीमा गोली लागेर मारिएका महतोको परिवारलाई १० लाख

Sarlahi

काठमाडौं । सर्लाहीको रामनगरमा गोली लागेर मृत्यु भएका रामविलास महतोको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने भएको छ ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले आइतबार विज्ञप्ति प्रकासित गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ रहत प्रदान गर्ने, घटनाको छानविन गर्ने, घाइतेहरुको निशुल्क उपचार गर्ने र पीडितलाई न्याय दिलाउने जानकारी दिएका छन् ।

गृहमन्त्रालयले घटनामा संलग्न दोषी पहिचान गर्न र शान्ति सुब्यवस्था कायम गर्न सहयोगका लागि मन्त्रालयले सबैसँग अपिल गरेको छ ।

गत मंगलबार रामनगर गाउँपालिका वडा नम्बर ४, बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडप हुँदा गोली लागेर कांग्रेस कार्यकर्ता स्थानीय ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

उक्त घटनामा संग्लन आरोपमा प्रहरीले स्थानीय उपेन्द्र राय यादवलाई पक्राउ गरिसकेको छ । रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको र अन्य अभियुक्तहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आफ्ना कार्यकर्ताको हत्या गर्ने दोषीलाई कारबाही माग गर्दै नेपाली कांग्रेस जिल्ला समितिले आइतबार जिल्ला बन्द गराएको थियो । नेपाली कांग्रेसले नेकपाका कार्यकर्ताले गोली चलाएको आरोप लगाउँदै आएको छ भने नेकपाले विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...