ट्रक दुर्घटनामा परी काभ्रेमा दुईको मृत्यु, तीन घाइते

Accident jpg

काठमाडौं । काभ्रेको मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् ।

चौरी देउराली गाउँपालिका–८, मानपुरे डाँडामा ना १ क ९५२४ नम्बरको ट्रक पल्टिंदा गम्भीर घाइते भएका काभ्रे भुम्लु–६ का ३१ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको उपचारको क्रममा ज्यान गएको हो ।

उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

काभे्रपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...