निर्मला पन्तको हत्या कञ्चनपुरमा, काठमाडौंका युवाको डिएनए परीक्षण

Dna test

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय दिन भन्दा धेरै भएको छ तर अझै बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।

पन्तको हत्यामा संलग्न दोषिलाई कारवाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भईरहेका बेला निर्मलाका लागि न्याय अभियानले राजधानीको व्यस्त स्थान नयाँ बानेश्वरमा युवाहरुको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ ।

निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरु डिएनए परीक्षण कार्यक्रममा सहभागी भएका हुन् । हत्यारा पत्ता लगाउन भन्दै सरकारले सामुहिक डिएनए परीक्षण गर्ने तयारी गरिरहेका बेला नागरिकहरुले सरकारलाई दबाब दिन यस्तो कार्यक्रम गरेका हुन् ।

स्वतन्त्र रुपमा न्यायको पक्षमा उभिएका सर्वसाधरणले शनिबार दिउँसो नयाँ बानेश्वरमा डिएनए परीक्षणका लागि भन्दै रगत दिएका थिए ।

निर्मलाका लागि न्याय अभियानले नयाँ बानेश्वरमा शनिवार संकलित तीन दर्जन बढी रगत नमुनालाई गृहमन्त्रीलाई बुझाउने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...