निगमको अन्नपूर्ण वाइडबडी विमान दोहामा ग्राउन्डेड

Nepal airlince

काठमाडौं । गत साउनदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान दोहामा ग्राउन्डेट भएको छ । कलसाइन ९ एन–एएलवाइ भएको अन्नपूर्ण विमानको ब्रेक सिस्टममा समस्या आएकाले बिमान ग्राउन्डेड भएको निगमले जानकारी दिएको छ ।

उडान गरेको तीन महिना पछि वाइटबाडी ३३०–२०० विमान ग्राउन्डेट भएको हो । २७८ सिट क्षमता भएको यो विमान बिहीबार राती ९ः२५ मा काठमाडौं बाट दोहाका लागि उडान गरेको थियो । सो विमान दोहामा ११ः५० मा अवतरण हुने तालिका थियो ।

निगमका सहप्रवक्ता शैलेस कंसाकारका अनुसार विमान अवतरण भए पछि इन्जिनेले चेक जाच गर्ने क्रममा ब्रेक सिसटममा समस्या देखिएको हो । ‘निगको इन्जिनियरले विमानको आवश्यक जाच गरिरहेको छ,’ उनले भने । निगमबाट सोही विमानमा भएका इन्जिनियरले विमानको थप अध्ययन गर्दै आएको उले बताए ।

बिहीबार दोहा उडेको विमान शुक्रबार विहान ८ः३० मा नेपाल आइपुग्ने तालिका थियो । तर सो विमान ग्राउन्डेट भए पछि निगमको विमानबाट नेपाल आउँने यात्रु मार्कामा परेको हो । दोहामा ग्राउन्डेट भएको विमान असार १४ गते नेपाल आइपुगेको थियो भने यसले व्यवसायीक उडान साउन १६ गते बाट गरेको थियो ।

अन्नपुर्णको पहिलो उडान दोहामा नै भएको थियो । निगमले दुई वटा विमान खरिदका लागि नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२–१२ अर्ब ऋणमा लिएको थियो । यही ऋणबाट निगमाले प्रतिविमान १० करोड ४८ अमेरिकी डलरमा खरिद गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...