‘नेकपाको भन्दा कांग्रेसको जलपान सस्तो, लड्डु र केरा कम’

Congress tea 2 hq9rxfptwe

ललितपुर । चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको छ ।

चियापानमा सहभागीहरु कांग्रेसका शीर्ष नेताहरुसँग हात मिलाउने अवसरसँगै चिया र खाजाको स्वाद पनि लिएका छन् । खाजामा समोसा, नमकिन, जेरी र चियाको व्यवस्था गरिएको छ । खाजाको प्रबन्ध बसुन्धरामा रहेको दियालो फुडल्याण्डले गरेको हो । चिया र खाजा गरी एकभागको एकसय रुपैयाँ परेको फुडल्याण्डले जनाएको छ ।

/uploads/kartik/congress_tea_4_QLX8T8b944.jpgयसअघि गएको शनिबार नेकपाले गरेको चियापानमा एकभाग बराबर एकसय ५० रुपैयाँ परेको थियो । नेकपाको चियापानमा लड्डु र केरासमेत समावेश थियो ।

कांग्रेसको जलपानमा आउनेहरुको संख्या धेरै भएकाले केन्द्रीय कार्यालय, सानेपाको हलमा पाक्दै गरेको तात्तातो समोसा नै सहभागीहरुको हातहातमा दिइएको थियो । त्यतिमात्रै होइन, मानिसहरुको घुइँचो लागेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आफै ‘हामी सबै आयोजक, जे छ त्यही लिऔँ है’ भन्दै लाइनमै पुगेर सहभागीहरुलाई स्वागत गरिरहेको थियो ।

पछिल्लो समय पार्टीहरुले चियापानका नाममा नचाहिँदो खर्च गरेको भनेर आलोचना हुने गरेको छ । नेकपाले आफ्नो चियापानमा ५० हजारलाई निम्ता पठाएको थियो भने कांग्रेसले झण्डै एक लाखलाई जलपानको निम्तो पठाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...