महिला हिंसा सामूहिक प्रयासले मात्रै न्यूनिकरण गर्न सकिन्छ

Sibamaya tumbahanphe rkciew4n7n

काठमाडौं । महिलामाथि हुने सबै प्रकारको हिंसा न्यूनिकरणका लागि सबैलाई केन्द्रीत हुन प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले आह्वान गरेकी छन् ।

उपसभामुख तुम्बाहाङफेले यौनजन्य महिला हिंसा अन्त्यका लागि सरकार, गैरसरकारी संस्था र सर्वसाधारण सबैको दायित्व रहेको पनि स्पष्ट पारिन् । शुक्रबार काठमाडौंमा आयोजित ‘यौनजन्य हिंसाः अनुसन्धान र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबैको सामूहिक प्रयासको बलमा मात्रै समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्दै लैजान सकिने पनि बताए ।

उपसभामुख तुम्बाहाङफेले महिला हिंसाको पीडा पुरुषहरुलाई पनि हुनेतर्फ पनि सबैलाई सचेत गराए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले महिलामाथि हुने यौनजन्य हिंसा न्यूनिकरणका लागि उनीहरुलाई शिक्षा र स्वास्थ्यमा उचित लगानी गर्नुपर्ने धारणा राखे ।

महिला सशक्त भए उनीहरुमाथि हुने हिंसा आफैं न्यूनिकरण भएर जाने सांसद अधिकारीको भनाई छ । कार्यक्रममा विज्ञहरुले हिंसा पीडित महिलाहरुलाई तत्काल राहत दिन शीघ्र न्याय प्रणालीको छुट्टै व्यवस्था गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...