बुलबुल’को पहिलो गीतमा स्वस्तिमाको छमछमी

Swastima n...

काठमाडौं । चलचित्र ‘बुलबुल’को पहिलो गीत ‘खुद्राखुद्री’ फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको भएको छ ।

निर्माण युनिटले काठमाडौंको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट फ्ल्यास मोब शैलीमा गीत रिलिज गरिएको हो ।

काठमाडौं मलमा अभिनेत्री स्वस्तिमा खड्का सहितको टोलीले फ्ल्यास मोब शैलीमा नृत्य गरेका थिए । भीडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ ।

गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । कोसिस क्षेत्रीको शब्द तथा संगीतमा रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले नृत्य गरेका छन् ।

विनोद पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । विनोद पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।

अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको भने फिल्मका रामराजा दाहाला कार्यकारी निर्माता हुन् । फिल्म फागुन ३ बाट देशभर प्रदर्शन हुँदैछ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...