तामाकोसी परियोजनालाई सेतो हाती बनाइयो

Tamakosi

काठमाडौं । स्वदेशी लगानीमै बनिरहेको र मुलुककै सबैभन्दा आकर्षक मानिकएको माथिल्लो तामाकोसी परियोजनालाई सेतो हाती बनाइएको छ ।

०७२ सालको असारमा सम्पन्न गर्ने लक्ष्य लिएपनि कात्तिक ०७६ मा सारिएको छ ।

आयोजना साढे ४ वर्ष ढिला हुदाँ लागत करिब ७० अर्बमा पुगेको छ । ०६८ मा आयोजना सुरु गर्दा लागत ३५ अर्ब २९ करोडको अनुमान गरिएपनि आयोजना ढिला हुँदा विद्युत प्राधिकरण र माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडलाई ३५ अर्ब ७० करोड रुपैयाँ घाटा लागेको छ ।

१२ बैशाख ०७२ मा मुलुकमा ठुलो भुकम्प गयो । सुरुमा तय गरिएको लक्ष्य अनुसार त्यसको २ महिनापछि अर्थात् असार ०७२ मा आयोजना सम्पन्न हुनुपर्ने थियो । तर भुकम्पको निहुमा आयोजनालाई ४ वर्ष धकेलियो ।

आयोजनामा हालसम्मको ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ लगानी पुग्ने भएको छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार करिब २० अर्ब रुपैयाँ ब्याज थप हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...