मट्टितेलको बिक्री बढ्यो

Oil report copy copy b8qb3omtha

बाँके । विगतमा मट्टितेलको बिक्री घटे पनि अहिले फेरि बिक्री बढ्न थालेको छ ।

नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार पछिल्लो तीन वर्षको तथ्यांक अनुसार मट्टितेलको बिक्रीको परिमाण बढेको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ३०९ किलोलिटर बिक्री भएकोमा आर्थिक वष २०७४/७५ मा एक हजार ८८० किलो लिटर मट्टितेल बिक्री भएको छ ।

चार वर्षको अवधिमा करिब ६ गुणाले मट्टितेलको बिक्री बढेको छ । आयल निगमका अनुसार आर्थिक वर्ष २०७२/७३ मा एक हजार ८३० किलोलिटर मट्टितेलको बिक्री भएको थियो ।

विकास निर्माणलगायतका कार्यमा मट्टितेलको प्रयोग हुने गरेको छ । यसैगरी सुरक्षा निकायले समेत यसको प्रयोग गर्ने गरेका छन् ।

आयल निमगको डिपो कार्यालयले आर्थिक वर्ष २०७०/७१ मा ८९९ किलोलिटर मट्टितेल बिक्री गरेकोमा २०७३/७४ मा एक हजार ७०३ किलो लिटर मट्टितेल बिक्री गरेको नेपाल आयल निगमको नेपालगञ्ज इन्धन डिपो कार्यालयका प्रमुख अभिशेषकुमार ठाकुरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...