चोरीका काठ ओसार्दा च्यापिएर मृत्यु

Dadth body baby

काठमाडौं । चोरीका काठ ओसार्ने क्रममा गोलियाले च्यापिएर सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका-७ मानिकेका २५ वर्षिय निमबहादुर बैगारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रानीवन सामुदायिक वन उपभोक्ता समूहबाट बुधबार राति साढे ९ बजेतिर चोरीको काठ ल्याउँदै गर्दा गोलियाले च्यापिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुशुधन न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार सामुदायिक वनमा काठ चोरी गर्नका लागि गाउँका ९ जना गएका थिए । बैगारसँगै गएका ८ जनालाई प्रहरीले पक्राउ गरेर ज्यान सम्वन्धी कसुर अन्तर्गत मुद्दा दायर गरेको छ ।

प्रहरीका अनुसार रुपलाल कामी, वीरबहादुर बैगार, दीपेन्द्र विक, जयबहादुर विक, खिमबहादुर कामी, हिरालाल विक, कवीराम कामी र चन्दा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले भने,‘सामुदायिक वनबाट काठको ठूलो गोलीया बोकेर ल्याउँदै गर्दा बैगारको मृत्यु भएको हो ।’ ‘उनीसँगै रहेका ८ जनालाई पक्राउ गरेर ज्यान सम्वन्धी कसुर अन्तर्गत म्याद थप गरेर कारवाही प्रक्रिया अघाडी बढाएका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...