२ जना पुरुषको शव फेला

Dadth body baby

रौतहट । जिल्लाको छुट्टाछुट्टै स्थानमा २ जना पुरुषको शव फेला परेको छ ।

गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका-८ जिंगडिया टोल र माधवनारायण नगरपालिका-६ मा १/१ गरी २ पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत जिंगडिया नजिक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको हो ।

माधवनारायण नगरपालिका-६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

मृतकको पहिचान खुल्न नसकेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ ।

प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...