नेपाल टेलिकमको लाखौँको रिचार्ड कार्ड चोरी गर्ने पक्राउ

Pakrau

दाङ । नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका-१ बस्ने २१ वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरेको हो । रोकासँग ५० का रिचार्ड कार्ड १५ हजार २००, १०० का २१ हजार ५०० का ७२० गरी जम्मा ३६ हजार ९२० वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए ।

उक्त रिचार्ड कार्डको मूल्य १६ लाख १० हजार रहेको उनले बताए । रोकाले ती कार्ड चोरेर रोल्पाको थवाङ गाउँपालिका-२ का विभिन्न ठाउँमा बेचबिखन गरिरहेको सूचना पाएपछि यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउपछि अनुसन्धान गर्दा थप कार्ड उनको प्यूठान स्वर्गद्वारी नगरपालिका-७ स्थित ससुराली घरमा लुकाएको अवस्थामा बरामद गरिएकोप्रहरीले जनाएको छ ।

घोराहीका एक व्यवसायीले गत असोज २३ गते १७ लाख मूल्य बराबरको कार्ड चोरी भएको भन्दै प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएको थियो । निजलाई रोल्पा र प्यूठान प्रहरीको समेत सहयोगमा पक्राउ गरिएको हो । रोकाविरुद्ध चोरी मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...