खोलाको किनारमा एक युवतीको शव फेला

Death namuna

लहान । सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा बुधबार साँझ एक युवतीको शव फेला परेको छ ।

अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...