हृदयघातका कारण प्रजातान्त्रिक योद्धा यादवको निधन

Dadth body baby

महोत्तरी । प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ ।

राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उनलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उनी आवद्ध रहेको थियो ।

यादव १५/१६ वर्षको किशोवयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिएको थियो । लोहारपट्टी नगरपालिका–१ बगडाका बासिन्दा यादवको निधनमा नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले दुःख व्यक्त गरेको छ । यादव पञ्चायतकालमा पटक–पटक जेल परेको थियो । यादवका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...