भारतीय स्कार्पियोको ठक्करबाट बालकको मृत्यु

Accide

सर्लाही । सदरमुकाम मलङ्गवामा भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ठक्करबाट मलङ्गवा-८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको हो । मलङ्गवाबाट भारतको सोनवर्षातर्फ जाँदै गइरहेको बिआर३२पिए ०५९३ नंको स्कार्पियोले विद्युत् कार्यालय नजीक बालकलाई ठक्कर दिएको थियो ।

भारतको सीतामढीबाट जन्ती लिएर आएको स्कार्पियो फर्किंदै गरेको अवस्थामा बालकलाई ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्कर दिएर भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले नेपाल-भारत सीमा नजीक रहेको भारतीय एसएसबीको चेकपोस्टबाट गाडीसहित भारतको सीतामढी जिल्ला भगवानपुर–५ पिपराडीका चालक राधेश्याम रामलाई समातेको प्रहरीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...