डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यु आठ जना घाइते

Accident

डडेल्धुरा । मैलोडामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवाको सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सदरमुकामदेखि गन्यापधुरातर्फ गइरहेको म १ ज ३११ नंको जीप मैलोडामा दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन् ।

घाइते हुनेमा गन्यापधुरा–२ का ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीया सरुदेवी देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीया विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देवबहादुर देउवा र ११ वर्षीया मनिषा देउवा रहेका छन् ।

घाइतेहरुको उपक्षेत्रीय अपस्तल डडेल्धुरामा उपचार भइरहेको र दुर्घटनामा परी गम्भीर रहेका ६ वर्षीय सुवास देउवालाई धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...