सर्लाही झडपकोे छानबिन गर्नसमिति गठन

Sarlahi goli

काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको छ ।

२ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा एक/एक जना डिएसपी र प्रहरी निरीक्षक छन् । यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी) ले एकजना डिएसपी पठाएको छ ।

मंगलबार भएको झडपमा गोली लागेर कांग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको थियो । घटनामा थप ४ जनालाई भरुवा बन्दुकको छर्राले लागेको प्रहरीले जनाएको छ ।

नेकपा समर्थित कार्यकर्ताले गोली चलाएको हुनसक्ने आशंका गरिएको थियो । प्रहरीले भने गोली चलाउने व्यक्तिको पहिचान भइसकेको बताउँदै खोजी तीब्र पारिएको जनाएको छ ।

घटनाको विरोध स्वरुप कांग्रेसले बुधबार मलंगवामा विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि लगायत सहभागी छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई सोमबार नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेको विषयमा मंगलबार बिहान दुई दलका कार्यकर्ताबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...