भीमदत्त नगरपालिकाको नगर इ प्रोफाइल निर्माण सुरु

Meyar bist

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा नगर ई प्रोफाइल निर्माण कार्य सुरु भएको छ । घरधुरी सर्भेक्षकहरुका लागि नगरपालिका कार्यालयमा कार्यक्रम गरिएको छ ।

मंगलबार वडा नं. १ देखि ८ सम्मका सर्भेक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । सर्भेक्षकहरुलाई मोबाइल सर्भे एप्स सम्बन्धी जानकारी दिइएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले तालिमको उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख विष्टले सर्भेक्षकहरुलाई सही तथ्याङ्क संकलन गरी प्रोफाइललाई विश्वसनीय बनाउन आग्रह गरे ।

‘सूचना ठिक ढङ्गले दिन सकिएन भने प्रोफाइलको महत्व हुँदैन, तपाईहरुले संकलनको गरेको तथ्याङ्कका आधारमा योजना निर्माण हुन्छन्, नागरिकलाई सेवा सुविधा दिइन्छ’ उनले भने, ‘त्यसमा त्रुटी भएपछि सेवा सुविधाबाट वञ्चित हुने अवस्था आउँछ ।’

नगर प्रमुख विष्टले प्रोफाइलमा समावेश गरिएका सूचना नगरपालिकालाई योजना बनाउन र विद्यार्थीहरुको अनुसन्धान कार्यमा महत्वपूर्ण हुने बताए । ‘तथ्याङ्कमा टेकेर योजना बनाउँछौ, तपाईहरुलाई अनुसन्धानमा काम लाग्छ’ उनले भने,‘त्यसैले तथ्याङ्क संकलनमा सावधानी अपनाउनु होला ।’

कार्यक्रममा नगर उपप्रमुख सुशिला चन्द सिह, नगर प्रवक्ता राजेन्द्र पाण्डेय, प्रशासकीय अधिकृत हरिसिंह धामी, सूचना प्रविधि अधिकृत विनय कलौनी लगायतका सहभागी भएका थिए ।

मोबाइल एप चलाउने, तथ्याङ्क संकलन र ती तथ्याङ्कलाई सर्भरमा पठाउने सीप सिकाउन कार्यक्रम गरिएको छ । वडा नं. ९ देखि १९ सम्मका वडाका सर्भेक्षकहरुलाई अर्को दिन तालिम दिइने कार्यक्रम बनाइएको छ ।

सूचना प्रविधि अधिकृत कलौनीले तालिममा सहजीकरण गरे । एक लाख जनसंख्या भएको भीमदत्त नगरपालिकामा झण्डै २५ हजार घरधुरी छन् । सर्भेक्षकहरुलाई तालिम दिएपछि तथ्याङ्क संकलनका लागि वडामा खटाइने सूचना अधिकृत कलौनीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...