रेसुङ्गाबाट लागुऔषधसहित पाँच युवा पक्राउ

Pakrau

गुल्मी । लागुऔषधसहित पाँचजना युवाहरुलाई पक्राउ वरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी लागुऔषधसहित पाँचजनालाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८, का २६ वर्षीया बिजय लिम्बू, गुल्मीको रेसुंङा नगरपालिका २ का १९ वर्षीया नवीन विश्वकर्मा, सोही ठाउँका १८ वर्षीया विवेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षीय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षीया विशाल रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।

मंगलबार राति ९ बजे रेसुङ्गा नगरपालिका २ बस्ने पूर्णबहादुर थकालीको घरमा लागुऔषध सेवन गरी हो–हल्ला गरेको भन्ने सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेस जस्तो देखिने २० ग्राम धुलो पदार्थ, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाँजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...