पहाडको भीरबाट लडेर २ जनाको मृत्यु

Dadth body baby

काठमाडौं । तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ ।

स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका-७ धामीगाउँका ३३ वर्षिय जानकी धामीको मृत्यु भएको हो ।

घाइते धामीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका-१ गोठखोलाका २२ वर्षिय पार्वती जोशीको मङ्गलबार मृत्यु भएको थियो ।

घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...