अछामका जैसी १ सय जरिवाना तिर्न नसक्दा जेल चलान

Kaidi bandi

अछाम । मंगलसेन–७ का जड्फे जैसी १ सय रुपैयाँ जरिवाना तिर्न नसक्दा जेल परेका छन् ।

जैसी मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परे । त्यस्तो कार्य गर्नेलार्इ स्थानीय प्रशासनले १ सय रुपैयाँ जरिवाना तोकेको छ । जरिवाना तिर्न नसक्नेले जेल सजाय समेत भोग्नु पर्ने स्थानीय एेनमा व्यवस्था छ । जैसी स्थानीय एेन अनुसारको जरिवाना तिर्न नसक्दा जेल चलान भएका हुन्।

जैसीलार्इ स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ (१) अनुसार चार दिनका लागि जेल चलान गरिएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

जरिवानावापत जिल्ला प्रशासन कार्यालयले तोकेको १ सय रुपैयाँ बुझाउन नसक्दा जरिवानाबाट कट्टी हुनेगरी जेल भुक्तान गर्नुपर्ने अवस्था आएको अछाम प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी करिब साढे ८ बजेतिर जैसीले नगरपालिका–६ को ठूलासेन बजार र घरमा गालीगलौज र होहल्ला गरेकाले पक्राउ गरिएको डीएसपी शाहीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...