मोडलिङमा उदाउँदै मनिषा सापकोटा

Manisha

काठमाडौं । सफल मोडल बन्ने चाहना सबैको हुन्छ । त्यसमा पनि मोडल बनेका जति सबै सफल मात्रै पनि भएका छैनन्, असफल पनि भएका छन् । अहिले नेपालमा अनगिन्ती छन् मोडलहरु । त्यही भीडमा आएकी छन् मनिषा सापकोटा पनि ।

उनको चाहना छ सफल मोडन बनुँ भन्ने । उनी नायीका बन्ने योजनाका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् ।

नृत्य तथा अभिनयमा पोख्त सापकोटाको सुन्दर मुहार र आकर्षक शरीर छ । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझैं निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

काठमाडौंको धुम्बाराहीको स्थायी बासिन्दा सापकोटा २ वर्षदेखि ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छन् । उनीराम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा अभिनय गर्न तयार रहेको बताउँछिन् ।

उनले केहि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । साथै टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छन् । फेशन सो हरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी सापकोटा भन्छिन्, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...