किन बढ्दैछ लोक सेवा आयोग र सरकारबीचको दुरी ?

Lok sewa aayog

काठमाडौं । सबै प्रकारका कर्मचारी छनौट गर्ने आधिकारिक निकाय हो लोक सेवा आयोग । लोक सेवा आयोगले लिएको परिक्षा नै सरकारी सेवा प्रवेशको मुख्य द्वार मानिन्छ । तर, पछिल्ला केही दिनयता सरकार र लोक सेवा आयोगबीच मतान्तर हुन थालेको छ ।

सरकारले कर्मचारी समायोजन विधेयक बनाउँदा आयोगको परामर्श समावेश नगरेको लोक सेवा आयोगका आरोप छ । कर्मचारी समायोजन ऐन, २०७४ को दफा ६ को उपदफा ६ मा संसद् सेवाका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न सक्ने व्यवस्था छ ।

ऐनमा उल्लेखित प्रावधान संविधान विपरित व्याख्या गरी सेवा समूह, उपसमूह परिवर्तन हुने गरी समायोजन भए आयोगको क्षेत्राधिकारमा अतिक्रमण भएको मानिने भन्दै आयोगले सरकारलाई सचेत गरेको छ ।

आफ्ना परामर्शलाई अनादर गरेको भन्दै लोकसेवा आयोगले सरकारको ध्यानाकर्षणसमेत गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा सरकारका अनादरका विषय उल्लेख गर्दै आयोगले भविष्यमा संवेदनशील बन्न आग्रह गरेको हो ।

संविधानले आयोगलाई दिएको परामर्शदायी भूमिकाको सम्मान गर्न र व्यवहारिक कठिनाई भए पुनर्विचार गर्न पठाउने व्यवस्था लागू गर्न सरकारी निकाय, संगठित संस्था तथा सुरक्षा निकायलाई सचेत गराएको छ । कर्मचारीसम्बन्धी कानुन बनाउँदा सरकारी निकायले लोकसेवाको परामर्श अनिवार्य लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यो प्रावधानमा आयोगले संविधान र प्रचलित कानुनले लोकसेवा ऐन र निजामती सेवा ऐन समेतका प्रावधान उल्लेख गर्दै एक सेवा समूह र उपसमूहबाट अर्को सेवा समूह र उपसमूहमा परिवर्तन गर्दा आयोगको परामर्श लिनुपर्न वाध्यात्मक व्यवस्था नियमावलीमै राख्न परामर्श दिएको थियो ।

सरकारले सचिव बढुवा क्लस्टरलाई आफूखुशी परिवर्तन गरेको भन्दै आयोगले आपत्ति जनाएको छ । परामर्श बिनै सरकारले कानुन क्लस्टरमा पर्ने राष्ट्रपति कार्यालयका सचिव प्रशासनतर्फ र प्रशासन क्लस्टरमा पर्ने सूचना आयोगका सचिवलाई कानुन क्लस्टरमा पर्ने गरी सरुवा गरेकोप्रति आयोगले आपत्ति प्रकट गरेको हो ।

लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारमा संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सरकारले अघि नबढाउँदा काम कारवाही अघि बढाउन कठिन भएको भन्दै आयोगले विधेयक तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...