उद्योगमा आगलागी, डेढ करोडको क्षति

Aaglagi 400x220

नवलपरासी । बर्दघाट नगरपालिका-४ मा रहेको जयबुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी भएको छ ।

आगलागीबाट उक्त उद्योगका सबै सामान जलेर नष्ट भई १ करोड ५० लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

उद्योग परिसरमा राखिएको सञ्चालक राजु पाण्डेको बा १३ च ८००६ नम्बरको कारसमेत जलेर नष्ट भएको छ ।

मंगलबार बिहान सुरु भएको आगलागी स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घन्टा लगाएर नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...