भरतपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष डा.श्रेष्ठ भ्रष्टाचारको मुद्धामा दोषी ठहर

डा.भक्तमान श्रेष्ठ

काठमाडौं । विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा.भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार उनलाई एक वर्ष कैद र रु.एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठ अस्पतालको अध्यक्ष हुँदा रु.एक करोड ६७ लाख ५७ हजार ११३ स्रोत नखुलेको (अवैध) सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ फागुन २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले रु.४८ लाख ९० हजार ३३७ बैध सम्पत्ति कमाएको ठहर गरेको छ । बाँकी रु.एक करोड १८ लाख ६६ हजार ७७६ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले यो बराबर डा.श्रेष्ठको सम्पति जफत हुने फैसलो गरेको हो । अदालतले डा.श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ ।

डा.श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा सो अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...