दुई पानी उद्योगमा शिलबन्दी

मणी खानेपानीको गोसाइकुण्ड

काठमाडौं । टोखा नगरपालिकामा रहेका दुईवटा पानी प्रशोधन उद्योगलाई सरकारी अनुगमन टोलीले शिलबन्दी गरेको छ । शिलबन्दी लगाइएका उद्योगहरुमा मराएन वेभरेजको ओ मिजु पानी र मणी खानेपानीको गोसाइकुण्ड रहेका छन् ।

खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिभ कर्णका अनुसार अर्को आदेश नभएसम्म ती उद्योगहरूको बिक्रीमा रोक लगाईएको छ । उनीहरूलाई ७ दिन भित्रमा आवश्यक कागजात सहित विभागमा आउन निर्देशन दिइएको छ ।

उद्योग सरकारी मापदण्ड अनुरूप नरहेको, फोहोर जार प्रयोग गरिएको र फोहोर व्यवस्थापन नगरेको लगायतका कारण ति उद्योगलाई शिलबन्दी गरिएको बताइएको छ ।

खाद्य तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन अधिकृत र उपभोक्ताकर्मीको संयुक्त रूपमा गएको अनुगमन टोलीले २ पानी उद्योगमा अनु्गमन गरेकोमा २ वटै पानी उद्योगको पानी खान अयोग्य भेटिएको विभागले जनाएको छ । गत विहिबार पनि टोखा नगरपालिकाका तीन पानी उद्योगमा शिलबन्दी गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...