काठमाडौंमा आतंकबीच बढाइयो टिपर सञ्चालनको समय

Tipar

काठमाडौं । अत्यधिक दुर्घटना गराएर काठमाडौंलाई आतंकित बनाएको टिपर सञ्चालनको समय बढाइएको छ । रातको समयमा मात्र सञ्चालन अनुमति दिइएको टिपरलाई बुधबारदेखि दिउँसो समेत चलाउने अनुमति दिएको ट्राफिक प्रहरी महाशाखाले जनानएको छ ।

कार्तिक १३ गतेबाट लागु हुने गरी यही कार्तिक मसान्तसम्म ३५ कि.मि. प्रति घण्टाको दरले चलाउने गरी बेलुका ७ बजेदेखी बिहान ७ बजेसम्म सवारी चलाउन अनुमति दिने निर्णय भएको हो ।

यस्तै, योजना र आयोजनाको कार्य सुचारु गर्ने अनुमतिको अधारमा कार्तिक १३ गतेबाट लागु हुने गरी कार्तिक मसान्तसम्म बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म टिपर संचालन गर्न अनुमति दिने निर्णय पनि गरिएको छ ।

सो प्रयोजनका लागि चालकको सवारीचालक अनुमतिपत्र, ब्लुबुकको प्रतिलिपि र हालसालै खिचिएको फोटोसहितको बिबरण संलग्न गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन माग गर्ने र जिल्ला प्रशासन कार्यालयहरुले प्राप्त निवेदन मागको उपयुक्तताको आधारमा टिपर सञ्चालन गर्न दिने ट्राफिक प्रहरी महाशाखाद्वार जारी सूचनामा भनिएको छ ।

यसअघि असोज १७ गते टिपर सञ्चालनको समयावधि बढाएकै दिन भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको थियो । त्यसलगत्तै पुनः पुरानै समय साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको थियो । रातको समयमा मात्रै चल्ने गरेका टिपर दिउँसो पनि चलाउन पाउनुपर्ने भन्दै व्यवसायीहरुले दबाब दिंदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...