प्रधानमन्त्रीसँगको भेटघाटमा अस्पतालले लगायो प्रतिबन्ध

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचाररत शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको हो ।

मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्य लाभ गराउन आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय ज्यूको शीघ्र स्वास्थ्य लाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय राय अनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।’

प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत छन् । त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रेस नोट जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन् ।

अस्पतालले समय समयमा जारी गर्ने विज्ञप्तिहरुबाट आधिकारीक जानकारी पाउन सकिने उल्लेख गर्दै अर्यालले जारी गरेको नोटमा प्रधानमन्त्रीको स्वास्थ्य क्रमिक सुधार भएको जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...