अस्पतालको बेडबाटै आयो प्रधानमन्त्री ओलीको यस्तो सन्देश

Kp oli bigyapti

काठमाडौं । सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाट आफ्नो स्वास्थ्यमा सुधार भएको बताएका छन् ।

देशवासीका नाममा आज सन्देश दिँदै आफ्नो स्वास्थ्यबारे चासो राख्ने देशवासी र उपचारमा संलग्न चिकित्सकहरुलाइृ धन्यवाद दिएका छन् । चिकित्सकहरुले आफूलाई छिट्टै डिस्चार्ज हुने जानकारी गराएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’ उनले भने ।

उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आफ्ना बारे आएको समाचारले भ्रम फैल्याएकाले त्यसको पछि नलाग्न पनि आग्रह गरेका छन् ।

उनको सन्देशमा भनिएको छ, ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’

प्रधानमनत्री ओलीले आफ्नो सन्देशमा देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको उल्लेख गरेका छन् । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गरेका छन् ।

उनले अपराध कर्ममा संलग्न हुने, प्रमाण नष्ट गर्ने वा अवराधी बचाउनेलाई कडा कारबाही गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...