सर्लाहीमा चल्यो गोली, वडा अध्यक्षका काका महतोको मृत्यु

Sarlahi goli

सर्लाही । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडप भएको छ ।

सोमबार नागरिकता बनाउन सिफारिस लिन गएको नेकपाको एक समूहले वडाध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेको थियो । त्यसैको विरोधमा आज गोली चलेको थियो ।

सो क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतो छन् । थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ ।

मृतक महतो रामनगर गाउँपालिका वडा नं. ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन् ।  

बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ। घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ ।

महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । उनलाई सोमबार कुटपिट भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको हो ।

सो झडपमा अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ ।

अहिले रामनगर तनावग्रस्त छ । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...