एक वृद्धा घरभित्रै मृत अवस्थामा फेला

Dead body

कास्की । माछापुच्छ्रे गाउँपालिका-८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छिन् ।

नयाँपुलकी ८० वर्षिय कौशिला गुरुङ सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनास्थलको प्रकृति, मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको र घरको मूल ढोकामा बाहिरबाट ताल्चा लगाइएकाले उनको हत्या भएको आशङ्का गरिएको छ ।

आइतबार राति भएको घटनाको बारेमा सोमबार साँझमात्र जानकारी भएको थियो । जेठा छोरा चित्रबहादुरसँग बस्दै आएकी कौशिला छोरा घरमा नभएको दिन उक्त घटना घटेको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

उनको साथमा भएका गरगहना लुट्ने नियतले हत्या भएको हुनसक्ने प्रारम्भिक आँकलन प्रहरीको छ । मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...