निर्मलाको न्यायका लागि फेरि तात्यो कन्चनपुर

Nirmala panta aandolan

महेन्द्रनगर । गत साउन १० मा साथीको घरबाट बेपत्ता भएकाी १३ वर्षीय बालिका निर्मला पन्तको भोलीपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा शब भेटिएको थियो । त्यसयता निर्मलाका आफन्तसहित सडकमा उत्रिदैँ आएका छन् ।

पटकपटकको आन्दोलनपछि सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदीस भट्टलाई बर्खास्त गरिसकेको छ । अहिले फेरि घटनाको अनुसन्धानमा खटिएका अन्य प्रहरी अधिकारीमाथि पनि छानविन हुनुपर्ने आवाज उठ्न थालेको छ ।

यसैक्रममा दसैंको बेला सुनसान रहेको आन्दोलन फेरि चर्किन थालेको छ । निर्मला पन्तको न्यायका लागि न्यायको माग गर्दै सोमबार निर्मला पन्तका वुवा यज्ञराज पन्तसहितको टोलीले कञ्चनपुरमा प्रदर्शन गरेका छन् ।

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले सोमबार प्रदर्शन गरेका हुन् । बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र अधिकारकर्मीसहिले सोमबार प्रदर्शन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिइन् । प्रदर्शनमा गाउँदेखिसमेत महिलाहरुको सहभागिता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...