४ दिनका लागि राष्ट्रपति भण्डारी कतार प्रस्थान

Bishya bhandari

काठमाडौं । मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्थान गरेकी छन् ।

बिहान साँढे ११ बजे उनी कतार प्रस्थान गरेकी उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले बिदाइ गरे ।

राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत छन् ।

राष्ट्रपति यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...