प्रदेश नं.१ का मुख्यमन्त्री निजी खर्चमा उपचार गर्न बैंकक जाँदै

Sherdhan rai

काठमाडौं । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको घाँटीमा देखिएको रोगको पहिचान नेपालका कुनै पनि अस्पतालबाट नभएपछि बैंकक जाने भएका छन् ।

विगत १ वर्षदेखि घाँटीको पछिल्लो भागमा समस्या झेलिरहेका उनी कात्तिक १७ गते बैंकक जान लागेका हुन् । प्रदेश नं.१ को मन्त्रिपरिषदको सोमवार बसेको बैठकले मुख्यमन्त्रीको बैंकक भ्रमण स्वीकृत गरेको छ ।

स्वास्थ्य उपचार निजी खर्चमा गरिने भन्दै राईले सरकारको एक पैसा पनि नलिने बताएका छन् । उनले भने, ‘म निजी खर्चमा तिहार बिदाको बेला पारेर उपचारका लागि जान लागेको हुँ । नेपालमा धेरै ठाउँमा देखाउँदा पनि रोग पहिचान हुन नसकेकाले चिकित्सकहरुकै सल्लाहमा बैंकक जान तय भएको हो ।’

उनको गर्धन हल्लिने समस्या छ । कतिपयले रक्त प्रवाहमा समस्या भनेका छन् भने केहीले घाँटीको हड्डी खिइएको बताएका छन् ।

सबैखाले उपचारबाट सुधार नभएकाले रोग पहिचानका लागि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटल रोजेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित स्वास्थ्य परीक्षण त्यही गराउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...