दशैँको समयमा अपराधका घटनामा कमी

Nepal police

काठमाडौं । गत वर्षको तुलनामा यस वर्षको दशैँमा काठमाडौँ उपत्यकामा अपराधका घटनामा कमी आएको छ ।

रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका अनुसार गत वर्षभन्दा यस वर्ष दशैँको समयमा चोरी, जुवा, ठगी, अपहरण, आत्महत्यालगायत घटनामा कमी आएको हो ।

कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटस्थापनादेखि पूर्णिमासम्म काठमाडौँमा ८६, ललितपुरमा ३० र भक्तपुरमा १५ जनाविरुद्ध विभिन्न अपराधमा मुद्दा चलाइएको जानकारी दिए ।

‘गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकताको आधारमा प्रहरीले काम गरेकाले गत वर्षको तुलनामा आपराधिक घटना कमी भएको हो’, उनले भने ।

गत वर्ष काठमाडौँमा १२४, भक्तपुरमा २२ र ललितपुरमा आठ अपराधका घटनामा मुद्दा चलाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...