श्रीमानले बन्चरो प्रहार गरी गरे आफ्नै श्रीमतीको हत्या

Hatya ancharo

कपिलवस्तु । श्रीमानले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

गएराति पूर्व पश्चिमराजमार्ग अन्तरगत शिवराज नगरपालिका १ बन्कसबासमा श्रीमान श्रीमतिबीचको आपसी भैझगडाका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

आपसी झगडा हुँदा ४० वर्षीय बसन्त परियारले श्रीमती ३५ वर्षीय सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदुरी गरी खाने परियारले माधक पदार्थ सेवन गरी पटक पटक कुटपिट गर्दै आएका थिए । गएराती छोराछोरी सुतिसकेको समयमा बन्चरो प्रहारगरी हत्या गरेको स्थानीयले बताएका छन् ।

हत्यारा फरार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका २ छोरा र १ छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...