महिला हत्यामा संलग्न ४ जना पक्राउ

Pakraw

सप्तरी (सिमरा) । एकसाताअघि भएको महिला हत्यामा संलग्न रहेको आरोपमा दुई महिलासहित ४ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका चारैलाई सोमवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ का ३२ वषीय शंकर मेहतर, २६ वर्षीय सुरज मेहतर, सोहि ठाउँकी ३० वर्षीया चनरदेवी मेहतर र ३५ वर्षीया मुन्नीदेवी साह रहेका छन् ।

व्यक्तिगत रिसिबीका कारण चारै जना मिलेर देवको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको एसपी राजेन्द्र विष्टले बताए।

उनीहरुले कात्तिक १ गते राति वडा नं।६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको घरमा बसोवास गर्दै आएकी ३५ वर्षीया आशा देवलाई ईट्टाले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए । चारै जनामाथि सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...