माइक्रो चालकलाई पनि मंसिरबाट पोशाक

Micro bus

काठमाडौं । मंसिर १ गतेदेखि माइक्रोबसका चालकले पनि पहिचान हुने गरी पोशाक लगाउनु पर्ने भएको छ । माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम बनाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताए ।

‘सुरुमा ट्याक्सीमा यो अभ्यास ग¥यौं, प्रभावकारी भयो त्यसैले उपत्यकाका माइक्रोमा पनि सुरु गर्दै छौं,’ सिटौलाले भने, ‘त्यसपछि विस्तारै देशैभरका सबैखाले सवारीमा चालकको आफ्नै ड्रेस हुन्छ, ट्याक्सीमा जुन गुनासो आएको थियो ड्रेस लगाएपछि कमी हुँदै आएको छ ।’ लामो दूरीका गाडीमा पनि ड्रेसको व्यवस्था गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...