मिस एन्ड मिस्टर थारू प्रतियोगिता, को बन्ला मिस्टर एन्ड मिस थारू ?

Img tharu

काठमाडौं । सिजन-२ को ‘मिस एन्ड मिस्टर थारू प्रतियोगिता’ आगामी कार्तिक १७ गते राष्ट्रिय नाचघरमा हुँदैछ ।

हाल प्रतियोगीहरु भोट माँग्न ब्यस्त छन् । कैलालीका मिस्टर थारू प्रतियोगी पुलकित चौधरीले मिस एन्ड मिस्टर थारू प्रतियोगितामा के विजयी बन्ला भनेर ढुकढुकी बढेको बताए ।

सहभागीहरुले दसैंअघि मण्डला थिएटरमा आयोजित ट्यालेन्ट सो कार्यक्रममा आआफ्ना प्रतिभा देखाएका थिए । उनीहरूले कविता वाचनदेखि गायन, नृत्य, अभिनयबाट आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस एन्ड मिस्टर थारू कार्यक्रमका प्रबन्ध निर्देशक सुरेश चौधरीका अनुसार प्रतियोगितामा १५ पुरुष र १४ महिला सहभागी छन् । सहभागीलाई सन् २००५ मा मिस नेपाल प्रतियोगितामा मिस बब्ली उपाधि चुमेकी निशा चौधरीले कोरियोग्राफी सिकाउँदै छिन् ।

गत वर्षका मिस्टर थारू विजेता चन्दन चौधरीले सकारात्मक सोच राख्ने जोकोही पनि मिस्टर नेपालको हकदार हुने भएकाले प्रतियोगितामा सहभागी सबै मिस्टर थारू भएको बताए । गत वर्षको सिजन १ मा ४८ जना सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...