आज कतार जाँदै राष्ट्रपति भण्डारी

Nepal president bidya devi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणका लागि सोमबार कतार जाँदै छिन् ।

राष्ट्रपति भण्डारीले कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुनेछ । त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...