बढ्न थाल्यो जनप्रतिनिधिलाई बिदेश मोह

Karmachari bidesh

काठमाडौं । अघिल्लो वर्ष ५ हजार ११ जना कर्मचारी विदेश उडेका थिए । तर, यो वर्षको दुई महिनामै जनप्रतिनिधिका २३ समूह विभिन्न देशको भ्रमणमा गए ।

जनप्रतिनिधिलाई एनजीओ, आईएनजीओका कार्यक्रममा विदेश जान समेत प्रतिबन्ध लगाइएको छ । तर कतिपय जनप्रतिनिधि लुकिछिपी एनजीओ आइएनजीओको खर्चमा विदेश गइरहेका छन् । कतिपय स्थानीय तहमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तीनै जना स्थानीय तहलाई नै नेतृत्वविहीन बनाएर विदेश गएको पाइएको छ ।

पछिल्ला केही समय स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन् । जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन् ।

अधिकांश जनप्रतिनिधि महत्व नभएका गोष्ठी, सेमिनार र कार्यशालाका लागि विदेश गएका छन् । केही भने विदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध राख्न भन्दै विदेश गएका छन् । थुप्रै जनप्रतिनिधि विदेश भ्रमण जाने तयारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकारका पदाधिकारीको विदेश भ्रमण बढेपछि संघीय सरकारले नियन्त्रण गर्न तीन महिनाअघि मात्रै स्थानीय पदाधिकारीको भ्रमणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो । त्यसअनुसार जनप्रतिनिधि स्थानीय तहको खर्चमा विदेश भ्रमण गर्न नपाउने प्रावधान छ ।
दुई महिना अवधिमा ६ मध्ये ५ महानगरका प्रमुख विदेश उडेर फर्केका छन् ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसहित नौ जनाको टोली अमेरिका पुगेर फर्किएको छ । उनीहरूको हवाई खर्च महानगरले नै व्यहोरेको छ। ललितपुरका प्रमुख चिरिबाबु महर्जन पनि मंगोलिया पुगेर फर्केका छन् । पोखराका प्रमुख मानबहादुर जिसीसहित ९ जनाको समूह जापानको भ्रमण सकेर फर्केको छ ।

भरतपुरकी प्रमुख रेणु दाहाल चीन र विराटनगरका भीम पराजुली अमेरिका घुमेर फर्किएका छन् । मन्त्रालयका अनुसार यसअघि सबैभन्दा बढी विदेश भ्रमण जानेमा काठमाडौंका मेयर शाक्य र ललितपुरका मेयर महर्जन छन् ।

कतिपय जनप्रतिनिधिले भ्रमण स्वीकृत गर्न ढाँटेर प्रतिवेदन पेश गर्ने गरेको पाइएको छ । पछिल्लो समयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसहित ७ जना अमेरिका गएका थिए भने ललितपुरका मेयर चिरिबाबु महर्जन मंगोलिया गएका थिए । त्यसैगरी –विराटनगरका मेयर भीम पराजुली अमेरिका र पोखराका मेयर मानबहादुर जिसीसहित ९ पदाधिकारी एवं कर्मचारी जापान गएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...