यातायातका हाकिमले पत्रकारमाथि दुब्र्यबहार गरेको आरोप

Reporter

काठमाडौं । नेपाल प्रेस युनियनले सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र छाँयाकार अजय हाकुजुलाई यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले दुब्र्यबहार गरी धम्क्याएको आरोप लगाएको छ । समाचार सङ्कलनका क्रममा पत्रकारद्धयमाथि दुब्र्यबहार भएका भन्दै नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको प्रेस युनियनले जनाएको छ । ‘सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाको विषयलाई समाचार बनाउन पनि पूर्व अनुमति लिनुपर्ने भन्दै धम्क्याइनु निन्दनीय छ ।’

सार्वजनिक सेवाको क्षेत्र आम नागरिक र सेवाग्राहीको पहुँचमा हुनुपर्नेमा यातायात व्यवस्था विभागका उच्च अधिकारीको तहबाटै गरिएको हर्कत सार्वजनिक सेवाको क्षेत्रलाई आम नागरिकको पहुँचबाट टाढै राख्न खोजिएको वा नियन्त्रण गर्न खोजिएको रुपमा युनियनले लिएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

सञ्चारकर्मीलाई हतोत्साहित गर्ने धम्क्याउनेलगायतका पदीय मर्यादा विपरीतका काम गर्ने निर्देशक साहलाई आफ्नो कमजोरी स्वीकार्दै क्षमायाचना गर्न युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...