तिलाचौरमा करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम

Kar shichya kanchanpur

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ८ तिलौचारमा करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम गरिएको छ । करदाता शिक्षा कार्यक्रमअन्तरगत स्थानीय बसिन्दालाई करसम्बन्धि सचेतना जगाउन कार्यक्रम गरिएको छ ।

वडा नं. ८ को वडा कार्यालयमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षण संस्था, सहकारी संस्था, व्यवसायी लगायतका सहभागी भएका थिए । वडा अध्यक्ष ध्वजबहादुर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा राजश्व परामर्श समितिका सदस्य हिमालबहादुर चन्दले कार्यक्रमको उद्घाटन गरे ।

सो कार्यक्रममा समिति सदस्य चन्द, भीमदत्त नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत केशवदत्त भट्ट, मिनराज भट्टले कार्यक्रम सहजीकरण गरे ।

भीमदत्त नगरपालिकाले वडा नं. १९ बाट करदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । हालसम्म ६ वडामा कार्यक्रम गरिएको छ ।

चालु आर्थिक वर्षमा नगरपालिकाले १३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । नयाँ संरचना अनुसार स्थानीय तहले केन्द्रीय सरकारले कर संकलन गर्दै आएका केही स्रोतका समेत संकलन गर्ने अधिकार पाएको छ ।

तत्कालिन जिल्ला विकास समितिले संकलन गर्दै आएको रोयल्टी कर र घर बहाल कर संकलन अधिकार स्थानीय तहलाई दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...