कञ्चनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु

Kanchanpur prahari napa sajhedari

महेन्द्रनगर । आइतबारदेखि कञ्चनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले आजदेखि सो कार्यक्रम सुरु गरेको हो ।

भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयबीच शनिबार समुदाय प्रहरी साझेदारी कार्यक्रम गर्ने सम्झौता भएको थियो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पूर्ण सहयोग गरिने प्रतिवद्धता जनाए । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख विष्टले सुरक्षा निकाय र प्रहरीबीच आपसी सम्बन्ध बलियो भए शान्ति सुरक्षाको अवस्थामा सुधार आउने बताए ।

‘जोसित जे छ, त्यसै अनुसारको योगदान दिनुपर्छ, सबैको योगदानबाट समाज, नगर, देश बन्छ’ उनले भने, ‘त्यसैले यो कार्यक्रमलाई पनि आ–आफ्नो क्षेत्र तह तप्काबाट सहयोग गर्नु पर्छ ।’ प्रहरी समुदायसित मिलेर जाँदा अपराध न्यूनीकरण भएर समाजमा शान्ति सुरक्षाको अवस्था सुधारमा आउने उनले बताए ।

सो कार्यक्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी उपरीक्षक कुबेर कडायत, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...