अपराध नियन्त्रण गर्न ‘हेल्लो सीएम’ एप

Pradesh @

धनुषा । अपराध न्यूनीकरणका लागि प्रदेश २ सरकारले ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले आइतबार जनकपुरमा आयोजना गरेको समूदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले हेल्लो सिए एप सार्वजनिक गरेको हो ।

एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले बढदै गएको महिला हिंसासम्बन्धी घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो सिएम एपले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेसमेत उल्लेख गरे ।

हेल्लो सिएम एपमा आफूलार्इ परेको घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरिसकेपछि अन गरेर आफनो मोबाइल तीन पटक हल्लाएपछि नजिकको प्रहरीकहाँ इमरजेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशनसमेत जाने व्यवस्था रहेको एपका निर्माता इञ्जिनियर आदित्य राजले जानकारी गराए ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज कुमारसिंह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...